free website hit counter

राष्ट्रपतिका सन्तानको यस्ता हर्कत छताछुल्ल…

beemaadmin
२०७७ चैत्र ३०, सोमबार

एजेन्सी । ठूला बडाको निजी जिवन निकै संवेदनशील मानिन्छ । सानातिना गल्ती भए पनि सारा विश्वले आलोचना गर्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारको निजी जीवन निकै विवादित छ ।

केही समय पहिले उनकी छोरी कलेजको समयमा ड्रग्सको दुर्व्यसनीमा फसेको खबर सार्वजनिक भएको थियो । अब उनका छोरा हन्टर बाइडेनको ल्यापटपबाट कैयौं सामग्रीहरु लिक भएका छन् जसमा उनी ड्रग्सको दुर्व्यसनी तथा यौनको समेत दुर्व्यसनी भएको खुलासा भएको छ ।

यो खुलासापछि संसारकै सबैभन्दा शक्तिशाली मानिने पदमा रहेका जो बाइडेनको परिवार निकै विवादमा परेको छ । हन्टर बाइडेनको जीवनका विवादित कुराहरुबारे बेलायती अखबार डेलीमेलले खुलासा गरेको हो । अखबारका अनुसार हन्टरको ल्यापटपबाट १ लाख ३ हजार टेक्स्ट म्यासेज, १ लाख ५४ हजार इमेल, २ हजार फोटो र दर्जनौं भिडियो लिक भएका छन् र यी सामग्री उनकै भएको फरेन्सिक विशेषज्ञहरुले पुष्टि गरेका छन् ।

अखबारले गरेको दावीअनुसार हन्टरले महिलाहरुसँग शारीरिक सम्बनधको क्रममा हन्टरले भिडियो पनि बनाउँथे । उनको एउटा तस्वीर सामाजिक संजालमा निकै भाइरल भइरहेको छ जुन भिडियोमा हन्टरले एक महिलाको कपाल समातेर तानिरहेका छन् । यसका अलावा २ टपलेस महिलाहरुसँग पनि उनको एउटा तस्वीर लिक भएको छ ।

यी सामग्री लिक भएसँगै हन्टर सेक्स एडिक्ट भएको दावी गरिएको छ । ५१ वर्षका हन्टरले केही समय पहिले मात्रै आफ्नो अटोबायोग्राफी प्रकाशित गरेका थिए । यो किताबमा उनले ड्रग्स, मदिरा र आफ्नो यौनको लतको कुरा स्वीकार गरेका थिए । डेलीमेलले भने हन्टरले अटोबायोग्राफीमा आफ्ना कैयौं कुराहरु लुकाएको र उनको जीवन उनले बताएभन्दा निकै विवादित रहेको दावी गरेको छ ।

अखबारले हन्टरले अटोबायोग्राफीमा आफ्ना पितासँगको तनावपूर्ण सम्बन्धसहित कैयौं विवादित कुराहरु लुकाएको दावी गरेको छ । हन्टरका लिक भएका म्यासेजमा हन्टर र उनका पिता जो बाइडेनबीच राष्ट्रपति निर्वाचनका विषयमा भएका कुराहरु पनि देखिन्छ । हन्टरले पितालाई चुनाब लड्नको लागि दबाब दिँदै यसको माध्यमबाट आफूले आफ्ना पापको प्रायश्चित गर्न सक्ने बताएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार