free website hit counter

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा प्रभु बैंकको एक्टेन्सन काउण्टर

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

काठमाडौं । शाखा सञ्जाल विस्तारको क्रममा रहेको प्रभु बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बैंकको एक्टेन्सन काउण्टरको उद्घाटन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले गरेका छन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुने भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार