free website hit counter

राष्ट्रिय जीवन बीमा कम्पनी ५७औं वर्षमा

beemaadmin
२०८० फाल्गुन १२, शनिबार

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान) स्थापनाको ५६ वर्ष पूरा गरी ५७औं वर्षमा प्रवेश गरेको छ । बीमा सेवा प्रदायकका रुपमा सरकारी स्वामित्वमा स्थापित राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड हालैमात्र संस्थानबाट कम्पनीमा रुपान्तरित भएको हो । यो कम्पनीले ऐतिहासिक रुपमा जीवन बीमा क्षेत्रको अगुवाई गर्दै नागरिकको आर्थिक सुरक्षाको सुनिश्चितता, जीवन बीमाको पहुँच वृद्धि र वित्तीय स्रोतको परिचालन लगायतमा योगदान दिँदै आएको छ । ५७औं वार्षिकोत्वको अवसर पारेर कम्पनीले आगामी दिनमा सेवाहरु अझ छिटो, छरितो, सहज र गुणस्तरी र विश्वसनीय बनाउँदै लजाने प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित समाचार