free website hit counter

राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा १४५ प्रतिशतले बढ्यो

beemaadmin
२०८१ श्रावण ३१, बिहीबार

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा र बीमाशुल्क आर्जनमा प्रगति गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १५ करोड ३६ लाख रुपियाँ नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४५.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा ६ करोड २६ लाख रुपियाँ कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.३७ प्रतिशतले बढेर ९ अर्ब ४ करोड ८ लाख रुपियाँ पुगेको छ । अघिल्लो आवमा यो ८ अर्ब ४९ करोड मात्रै थियो । त्यसैगरी यस अवधिमा कुल दाबी भुक्तानी पनि २२.४८ प्रतिशतले वृद्धि भएर ५ अर्ब २५ करोड ९० लाख रुपियाँ पुगेको छ । असार मसान्तसम्म कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेको छ । अघिल्लो आवमा ४६ अर्ब १३ करोड ७५ लाख रुपियाँ रहेको बीमा कोष १६.७२ प्रतिशतले बढेर ५३ अर्ब ८५ करोड ११ लाख रुपियाँ पुगेको छ । १८ करोड १० लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषको आकार ३१.७० प्रतिशतले बढेर ६३ करोड ८४ लाख रुपियाँ पुगेको छ भने लगानी ९.६५ प्रतिशतले बढेर ४४ अर्ब ९६ करोड ३२ लाख रुपियाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७८.६१ रुपियाँले बढेर ११३.२० रुपियाँ पुगेको छ ।

सम्बन्धित समाचार