free website hit counter

राष्ट्रिय बीमा कम्पनीको नाफा र बीमाशुल्क बढ्यो

beemaadmin
२०८० श्रावण ३२, बिहीबार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ७७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलानामा ६३.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ७.७४ प्रतिशतले बढेर ३७ करोड २१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ३४ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत २० करोड ५७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १६ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ७७ करोड १५ लाख रुपैयाँ र बीमा कोषमा ३ अर्ब ५ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २८९ रुपैयाँ ७३ पैसा, प्रतिशेयर नेटवर्थ १५१४ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात ५५.५६ गुणा रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार