free website hit counter

राष्ट्रिय बीमा कम्पनीको सीईओबाट बरालले दिए राजीनामा

beemaadmin
२०८० मंसिर १३, बुधबार

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओ पदबाट शेखर बरालले राजीनामा दिएका छन्। बरालले  कम्पनी सञ्चालक समितिका अध्यक्षसमक्ष राजीनामा बुझाएका हुन्। बरालले दुई महिना पछिबाट लागू हुने गरी पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय बीमा कम्पनी सञ्चालक समितिले २०७९ भदौ २३ गते बराललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। २०७९ भदौ २७ गतेदेखि लागू हुने गरी बराललाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको थियो।

सम्बन्धित समाचार