free website hit counter

राष्ट्रिय बीमा कम्पनीको सीईओमा डा शिवहरि नियुक्त

beemaadmin
२०८१ बैशाख १५, शनिबार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा डा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । बैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सीईओ पदपूर्ति उपसमितिले सीइओको लागि ४ जनाको नाम सर्टलिस्ट गरेको थियो । जसमा डा. शिवहरी श्रेष्ठ, नारायण कुमार भट्टराई, सुरेन्द्र थापा र सुवास कोईराला थिए । तीमध्ये श्रेष्ठ कम्पनीको सीईओमा छानिएका हुन् । उनलाई कम्पनीको नियमावलीको नियम ३३ (५) र नियम ३५ बमोजिम सीईओ पदमा नियुक्त गरिएको कम्पनी सचिव डा सृजना पन्तले जानकारी दिइन् । डा. श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्व सीईओ हुन् ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार