free website hit counter

राष्ट्रिय बीमा कम्पनीले माग्यो कर्मचारी

beemaadmin
२०७६ कार्तिक ९, शनिबार

काठमाडौँ । राष्ट्रिय विमा संस्थानले जीवन र निर्जिवन दुवै बीमाको काम गर्न नपाउने भएपछि छुट्टिएको राष्ट्रिय बीमा कम्पनीमा रोजगारी खुलेको छ ।
कम्पनीले करार सेवाका लागि सूचना प्रविधि अधिकृत तह ६ (सहायक व्यवस्थापक) र स्वास्थ्य सहायक तह ५ (सहायक क) पदका लागि कर्मचारी माग गरेको छ।
कम्पनीले सूचना प्रविधि अधिकृत (सहायक व्यवस्थापक) पदका लागि २ जना कर्मचारी माग गरेको छ भने स्वास्थ्य सहायक (सहायक क) पदका लागि १ जना कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले कात्तिक २० गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार