free website hit counter

राष्ट्रिय बीमा कम्पनी ११औँ वर्षमा

beemaadmin
२०८१ श्रावण १९, शनिबार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी आज साउन १८ गतेबाट ११ औँ वर्षमा प्रवेश गरेको छ। नेपाल सरकारको मिति २०७१ वैशाख २३ गतेको निर्णयानुसार छुट्टै संगठित संस्थाको नाममा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा मिति २०७१ जेठ २८ गते दर्ता भई २०७१ साल साउन १८ गतेबाट कारोबार सञ्चालन भएको थियो। यो कम्पनीले आजबाट सञ्चालनको १० औँ वर्ष पूरा गरेको छ। २०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रुपमा स्थापना भएको थियो। यो कम्पनीसँग पाँच दशकभन्दा लामो निर्जीवन बीमा व्यवसायको इतिहास रहेको छ। कम्पनीले लामो व्यावसायिक यात्रामा सहकार्य गर्ने, सहयोग गर्ने तथा नागरिकको आफ्नो सम्पत्तिको सुरक्षाका लागि विश्वास गर्ने नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल बैंक, कर्मचारी सञ्चय कोष, महालेखा परीक्षकको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिस्ट्रारको कार्यालय, अन्य बैंक तथा वित्तीय संस्था, संस्थागत तथा व्यक्तिगत ग्राहक, अभिकर्ता, सर्भेयर, पुनर्बीमक र समग्र व्यावसायिक सहयोगीमा आभार व्यक्त गरेको छ। कम्पनीले आगामी दिनमा अझ भरपर्दो, स्तरीय र विश्वसनीय बीमा सेवा प्रदान गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार