free website hit counter

राष्ट्रिय बीमा सस्थानको प्रगति सन्तोषजनक

beemaadmin
२०७६ मंसिर ५, बिहीबार

काठमाडौँ । राष्ट्रिय बीमा सस्थानले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बीमाङ्कीय मूल्याङ्कन अघिको खुद नाफा एक करोड ७४ लाख ८० हजार कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ । सस्थानको खुद नाफा अधिल्लो बर्षको सोही अवधिको तुलनाममा एक करोड ३० लाख ६४ हजार रुपियाँले बढी हो । राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा २४ अर्ब ३९ करोड २३ लाख रुपियाँ रहेको छ जृुन अधिल्लो बर्षको सोही अवधिको तुलनामा आठ अर्ब १७ करोड ८४ लाख बढी हो ।

सरकारी स्वामित्वको बीमा कम्पनी भए तापनि पुरानो र विश्वसनीय भएको कारण राष्ट्रिय बीमा सस्थाननको प्रगति सन्तोषजनक रुपमा नै अघि बढेको तथ्याङ्कहरुले देखाएको छ । राष्ट्रिय बीमा सस्थाननको चुक्ता पुँजी १८ करोड १० लाख रहेको छ भने सस्थानको जगेडा कोषमा १८ करोड ७२ लाख रुपियाँ सञ्चित रहेको जनाइएको छ ।

चलु आर्थिक बर्षको पहिलो त्रैमासमा सस्थानले चार अर्ब नौ करोड ९० लाख खुद बीमा शुल्क आर्जन गरेर गरेको छ जुन अधिल्लो बर्षको सोही अवधिको तुलनामा यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा उल्लेख्य रुपमा बृध्दि भएको छ जसमा तीन अर्ब ३० करोड ४२ लाख रुपियाँको बृध्दि भएको पाइएको छ । राष्ट्रिय बीमा सस्थानको बीमा शुल्क आर्जनमा यस्तो ठूलो प्रगति देखिनुमा भने नागरिक लगानी कोषले प्रदान गर्दै आएको राष्ट्रसेवक कर्मचारीको बीमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बीमा संस्थानलाई हस्तान्तरण गरेकोले हो ।

राष्ट्रिय बीमा सस्थानमा राष्ट्र सेवक कर्मचारीहरुबाट तीन अर्ब आठ करोड रुपियाँ बीमा शुल्क संकलन भएको छ । राष्ट्रिय बीमा सस्थानमा हाल ६ लाख ८६ हजार २२६ बीमा कायम रहेको देखाइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार