free website hit counter

वाणिज्य बैंकले युवाहरुलाई खाना खर्चसहित तालिम दिने

beemaadmin
२०७६ आश्विन ३०, बिहीबार

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा लामो इतिहास बनाएको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ्ग क्षेत्रमा रोजगारी खोज्ने युवालाई लक्षित गर्दै फाइनान्सियल ट्रेनिङ्गको रुपमा एकेडेमी कार्यक्रम ल्याएको छ । केन्द्रिय कार्यालय रामशाहपथमा पत्रकार सम्मेलनमार्फत् सो कार्यक्रम सार्वजनिक गरेको हो । बैंकिङ्ग क्षेत्रमा काम गर्न औपचारिक सैद्धान्तिक शिक्षा र ज्ञानले मात्र प्रयाप्त नहुने भन्दै बैंकले प्रयोगात्मक ज्ञानका लागि तालिमको व्यवस्था गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

इच्छुक नेपाली नागरिकले अनलाइन फारम भर्न सक्ने बताइएको छ । आगामी कार्तिक २२ देखि २४ सम्म तीन सञ्चालन गर्न लागेको फाईनान्सियल ट्रेनिङ्गका लागि कार्तिक १ गतेदेखि नै बैंकले अनलाइन फर्म खुल्ला गरेको छ । फाईनान्सियल ट्रेनिङ्गका लागि इच्छुक नेपाली नागरिकले कम्तिमा पनि स्नातक तह उतिर्ण गरेको हुनुपर्नेछ भने उमेरमा २८ वर्षको सीमा राखेको छ ।

तीन दिनसम्म चल्ने यस प्रशिक्षण निःशुल्क प्रदान गरिने बताइएको छ । तामिम सहभागी प्रशिक्षाथीले दैनिक खाना खर्चबापत दुई सय रुपैयाँ पाउने छन् । प्रदेश तीनबाट शुरुवात गरेको यो कार्यक्रम विस्तारै सातैं प्रदेशमा लैजाने र बैंकिङ्ग क्षेत्रका लागि योग्य र युवा जनशक्ति उत्पादन गर्ने वाणिज्य बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार