free website hit counter

वाणिज्य बैंकले युवाहरुलाई खाना खर्चसहित तालिम दिने

beemaadmin
२०७६ आश्विन ३०, बिहीबार

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा लामो इतिहास बनाएको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ्ग क्षेत्रमा रोजगारी खोज्ने युवालाई लक्षित गर्दै फाइनान्सियल ट्रेनिङ्गको रुपमा एकेडेमी कार्यक्रम ल्याएको छ । केन्द्रिय कार्यालय रामशाहपथमा पत्रकार सम्मेलनमार्फत् सो कार्यक्रम सार्वजनिक गरेको हो । बैंकिङ्ग क्षेत्रमा काम गर्न औपचारिक सैद्धान्तिक शिक्षा र ज्ञानले मात्र प्रयाप्त नहुने भन्दै बैंकले प्रयोगात्मक ज्ञानका लागि तालिमको व्यवस्था गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

इच्छुक नेपाली नागरिकले अनलाइन फारम भर्न सक्ने बताइएको छ । आगामी कार्तिक २२ देखि २४ सम्म तीन सञ्चालन गर्न लागेको फाईनान्सियल ट्रेनिङ्गका लागि कार्तिक १ गतेदेखि नै बैंकले अनलाइन फर्म खुल्ला गरेको छ । फाईनान्सियल ट्रेनिङ्गका लागि इच्छुक नेपाली नागरिकले कम्तिमा पनि स्नातक तह उतिर्ण गरेको हुनुपर्नेछ भने उमेरमा २८ वर्षको सीमा राखेको छ ।

तीन दिनसम्म चल्ने यस प्रशिक्षण निःशुल्क प्रदान गरिने बताइएको छ । तामिम सहभागी प्रशिक्षाथीले दैनिक खाना खर्चबापत दुई सय रुपैयाँ पाउने छन् । प्रदेश तीनबाट शुरुवात गरेको यो कार्यक्रम विस्तारै सातैं प्रदेशमा लैजाने र बैंकिङ्ग क्षेत्रका लागि योग्य र युवा जनशक्ति उत्पादन गर्ने वाणिज्य बैंकले जनाएको छ ।

सम्बन्धित समाचार