free website hit counter

राष्ट्र बैंकको कारबाहीमा को को परे ?

beemaadmin
२०७६ माघ २१, मंगलवार

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धि ऐन र निर्देशन उल्लङ्घन गरेको भन्दै सिटिजन्स बैंकलाई राष्ट्र बैंकले २० लाख रूपैयाँ तिराइएको छ। बैंकले यो निर्देशनको उल्लङ्घन पहिलोपटक गरेको जनाइएको छ। सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ब्यवस्था उल्ल्ङ्घन गर्दा ५ लाखदेखि १० करोडसम्म जरिवाना हुन्छ। पहिलोपटक भएकाले उसको गल्तीको मात्रा अनुसार २० लाख तिराइएको राष्ट्र बैंकले जनाएको छ ।
कर्जा–स्रोत परिचालन अनुपात कायम गर्न नसकेको भन्दै सिभिल बैंक पनि कारवाहीमा परेको छ। बैंकले ३७ लाख ५७ हजार ४ सय ४५ रूपैयाँ जरिवाना तिरेको छ। सेञ्चुरी बैंक पनि कर्जा स्रोत परिचालन अनुपात कायम नगरेको भन्दै कारवाहीमा परेको छ । बैंकले ७ लाख १९ हजार ७ सय ६० रूपैयाँ जरिवाना तिरेको छ। यो पहिलो कारवाही थियो। सेञ्चुरी दोस्रोपटक पनि यही शीर्षकमा कारवाहीमा परेको छ। दोस्रोपटक बैंकले ४२ लाख ८ हजार ८ सय २० रूपैयाँ जरिवाना तिरेको थियो।
यसैगरी प्राथमिकता प्राप्त क्षेत्र कर्जामा तोकिएको सीमाअनुसार ऋण नदिएको भन्दै नेपाल बंगलादेश बैंक पनि कारवाहीमा परेको छ। बैंकले सबैभन्दा बढि ४ करोड १ लाख ३२ हजार रूपैयाँ जरिवाना तिरेको छ।
राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात र विपन्न वर्ग क्षेत्र कर्जा नपुर्याउनेहरुलाई पनि कारवाही गर्छ। यसमा भने कोही पनि कारवाहीमा परेका छैनन्।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार