free website hit counter

राष्ट्र बैंकतिर आँखा लगाएका ढुंगानाले नविल बैंक छाडे

beemaadmin
२०८१ चैत्र १२, मंगलवार

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नरको दौड चलिरहँदा प्रतिस्पर्धीको दौडधूप निकै रोचक देखिएको छ । प्रमुख सत्ता साझेदार दल एमाले र कांग्रेसको उच्च तहका नेताबीच गभर्नर कांग्रेसलाई दिने सहमति भएसँगै गभर्नरको सम्भावित अनुहारहरुको दौडधूप बढ्न थालेको हो । यही क्रममा गभर्नरको दौडमा निकै अगाडि रहेका र नियुक्तिको सम्भावना समेत देखिएका बैंकर ज्ञानेन्द्र ढुंगानाले नविल बैंक लिमीटेड छाडेका छन् । उनले आईतबारको मिति राखेर बैंकको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका हुन् । उनी राजीनामा दिनुअघि समेत बैंकमा विदा लेखाएर गभर्नरको दौडमा सक्रिय थिए । गभर्नर एमाले वा कांगे्रस कसको भागमा पर्ने भन्ने कुरा निश्चित नहुञ्जेल विदा मिलाएर दौडधूप गरिरहेका उनी कांग्रेसले नै पाउने पक्का भएपछि राजीनामा नै दिएर सक्रिय भएका हुन् । कांग्रेसले नै गभर्नर पाउने पक्का भएसँगै गभर्नर छनौट समिति पनि आफू अनुकुल बनेको ढुंगानाको बुझाई देखिएको छ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर छनौट तथा सिफारिस समितिको सदस्यमा डा। विश्व पौडेल र पूर्व गभर्नरको तर्फबाट विजयनाथ भट्टराई नियुक्त भएका थिए । समितिका दुवै सदस्य कांग्रेस निकट हुन् । कांग्रेसको भागमा राष्ट्रबैंकको आगामी गभर्नर पर्ने निश्चित भएपछि ढुंगानाले हरेक शक्तिकेन्द्रहरुसँग पहुँच बनाइरहेका छन् । ढुंगानालाई कांग्रेसका दोश्रो तहका नेताहरुको विशेष सद्भाव छ । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजू देउवा समेत ढुंगानालाई राष्टबैंकको नेतृत्व सुम्पिन तयार देखिएकी कांग्रेसका नेताहरु बताउँछन् । ढुंगानालाई गभर्नरका लागि माहौल बनाउने काममा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत लगायतका नेताहरु विशेष रुपमा लागिपरेका स्रोतहरु बताउँछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार