free website hit counter

राष्ट्र बैंकले माग्यो छ दर्जन बढी कर्मचारी

beemaadmin
२०७६ कार्तिक ९, शनिबार

काठमाडौं । रोजगारीको खोजीमा रहेका र लोकसेवा आयोगको तयारीमा लागेका युवाहरुलाई राम्रो अवसर जुटेको छ । नेपाल राष्ट्र बैंकले सहायक निर्देशकसहित अन्य पदमा समेत गरी छ दर्जन बढी कर्मचारी माग गरेको छ । बैंकद्वारा प्रकाशित सूचनाअनुसार योग्यता पुगेका आवेदकहरुले यही कात्तिक २८ गतेसम्म आवेदन दिनसक्ने बैंकले जनाएको छ । त्यसैगरी दोब्बर दस्तुर तिरेर आगामी मंसिर ५ गतेसम्म अनलाईमार्फत आवेदन दिन सकिने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

बैंकले विज्ञापन आह्वान गर्दै प्रशासनतर्फ २८ जना सहायक निर्देशक (अधिकृत तृतीय) र लेखातर्फ सहायक निर्देशक (अधिकृत तृतीय), लेखा परिक्षणतर्फ ८ जना र सहायक (सहायक द्वितीय) मा ३१ जना गरी ६७ जना कर्मचारी माग गरेको हो । बैंकले सहायक निर्देशकका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेका वाणिज्यशास्त्र, अर्थशास्त्र र व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर पास गरेको हुनुपर्ने योग्यता तोकेको छ । लेखा र लेखापरीक्षणका लागि सीए, एसीसीए वा सीपीए गरी मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर गरेका २१ देखि ३५ वर्षसम्मका कर्मचारी माग गरिएको छ ।

सहायक द्वितीयका लागि १८ वर्ष पूरा भएका, ३५ वर्ष ननाघेका र १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । तर महिलाको हकमा भने ४० वर्षसम्मको उमेर हद तोकिएको छ ।

 

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार