free website hit counter

रिडी पावर कम्पनीको बम्पर लाभांश घोषणा

beemaadmin
२०७९ मंसिर ६, मंगलवार

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजार रुपैयाँको कुल ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

सम्बन्धित समाचार