काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट रिडी हाइड्रोपावरले शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाइड्रोपावरको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांशसहित ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। आगामी पुसमा कम्पनीले साधारण सभा बोलाएको छ। प्रस्तावित लाभांश कम्पनीले साधारण सभामा अनुमोदन भएपछि मात्रै शेयरधनिलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ।