free website hit counter

रिया १४ दिन हिरासतमा

beemaadmin
२०७७ भाद्र २४, बुधबार

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेनदेन मामिलामा गिरफ्तार अभिनेत्री रिया चक्रवर्तीलाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा पठाइएको छ । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मंगलबार करिब चार बजे उनलाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । एनसीबीले उनको कस्टडीको माग नगरिकन उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन अपिल गरेको थियो जबकी रियाका वकिललले जमानतको माग गरिरहेका थिए ।

अदालतले जमानतको माग खारेज गर्दै उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउने आदेश दियो । सुशान्त सिंह मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि एनसीबीले उनीसँग पछिल्लो तीन दिनदेखि सोधपुछ गरिरहेको थियो । मंगलबार पनि एनसीबीले उनीसँग घण्टौं सोधपुछ गरेपछि उनलाई पक्राउ गर्ने निर्णय गरेको हो । उनका भाइ शोविक चक्रवर्तीलाई एनसीबीले पहिले नै गिरफ्तार गरिसकेको छ । एनसीबीले यो मामिलामा रियासमेत अन्य १० जनालाई पक्राउ गरिसकेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार