free website hit counter

रिलायन्स फाइनान्सको ६ प्रतिशत लाभांश घोषणा

beemaadmin
२०७६ पुष २४, बिहीबार

काठमाडां । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट ६.५८ लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट करसहित ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार रहेको छ। फाइनान्सले ५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

फाइनान्सले आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट २.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत आर्थिक वर्षमा फाइनान्सले ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.८७ प्रतिशत कम हो।

 

सम्बन्धित समाचार