free website hit counter

रिलायन्स लाइफले शेयर निष्काशन गर्दै

beemaadmin
२०७७ असार ३०, मंगलवार

काठमाडौं । स्थापनाको छोटो समयमै व्यवसायिक सफलता हासिल गर्दै ग्राहक वर्गको मन जित्न सफल रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । २०७४ मंसिर १ गतेदेखि विधिवत् रुपमा जीवनबीमा सम्बन्धि सेवाहरु प्रदान गर्दै हाल १०० वटा शाखा/उपशाखा कार्यालयहरुबाट आफ्नो कार्य संचालन गरिरहेको यस कम्पनीका
संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दरप्रसाद कडेल रहेका छन् ।
कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पूँजी रु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम रु. ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको जानकारी गराएको छ । सो सभाले सञ्चालक समितिको आव २०७५–७६ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७५÷७६ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आव २०७६–०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको परिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवं अन्य सुविधाहरु निर्धारण तथा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने सामान्य प्रस्तावहरु पारित गरेको छ । सभामा अध्यक्ष ताराचन्द्र केडियाले पेश गरेको प्रतिवेदन पारित भएको हो । साथै, सो सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरेको छ ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार