free website hit counter

रिलायन्स लाइफ पाँचौ वर्षमा प्रवेश

beemaadmin
२०७८ मंसिर १, बुधबार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको गौरवमय ४ वर्ष पुरा गरी ५औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले पाँचौ वर्षको यात्रालाई अझै यादगार र व्यवसायिक हिसावले सफल बनाउने उद्घोष गरेको छ । सिद्धार्थ बैंक तथा केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप, अग्नि होल्डिङ्गस, एमसि ग्रुप, रिलायन्स ग्रुप, बेगानी ग्रुप, शिव शक्ति ग्रुप जस्ता प्रतिष्ठित व्यापारिक घरानाको प्रमुख लगानी रहेको यस कम्पनीमा सिद्धार्थ बैंकको मात्रै २६ करोड ४० लाख रुपैयाँको शेयर रहेको छ । त्यस्तै अग्नी होल्डिङ्सको १० करोड रुपैयाँ, सविता केडियाको ४ करोड ८६ लाख लगानी रहेको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्षमा तारचन्द्र केडिया रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रविण रमण पराजुलीले सम्हालेका छन् । अनुभवी व्यवस्थापनका कारण कम्पनीले छोटो समयमै जीवन बीमाको क्षेत्रमा आफ्नो पहिचान स्थापना गरिसकेको छ । कम्पनीले सम्पुर्ण प्रदेशमा कुल ११६ वटा शाखा कार्यालयहरु मार्फत जीवन बीमा क्षेत्रमा स्तरीय सेवा पुर्याउने उद्देश्यले “खुलेर जिऔं” भन्ने मूल नाराका साथ जीवन बीमा व्यवसाय गरिरहेको छ । कम्पनीले हाल सावधिक जीवन बीमा योजना, सुखमय सावधिक जीवन बीमा योजना, धन फिर्ता बीमा योजना, बाल जीवन बीमा योजना, जीवन शान्ति योजना लागायतका बीमा योजनाहरु संचालनमा ल्याएको छ ।
जीवन बीमा व्यवसाय शुभारम्भ गरेको ४ वर्षको अवधिमा कम्पनीले आफ्नो जीवन बीमा कोषमा तीन अर्ब २ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले ५ लाख वटा भन्दा धेरै जीवन बीमा पोलिसी बिक्री गरिसकेको छ । उक्त पोलिसी बिक्री गरेर कम्पनीले अहिलेसम्ममा ५ अर्ब ६३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । यही रफ्तारलाई कायम गर्दै अघि बढे मात्रै पनि कम्पनीले सफलता हात पार्नेछ । अबको यात्रा सफल सुखमय रहोस्, हाम्रो पनि शुभकामना ।

सम्बन्धित समाचार