free website hit counter

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

beemaadmin
२०८२ मंसिर २२, सोमबार

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले सार्वजनिक निष्कासन गरिने ११ लाख ५५ हजार ९६० कित्ता सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम ५० र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन बन्द छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गते हुनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार