free website hit counter

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल दर्ता

beemaadmin
२०८२ मंसिर २७, शनिबार

काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सतप्रतिशत सहायक कम्पनीको रुपमा कम्पनी ऐन, २०६३ को व्यवस्था बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७८/०६/१० गते पब्लिक कम्पनीको रुपमा दर्ता भएको र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रूपमा सिमित कार्यहरु गर्न नेपाल धितोपत्र बोर्डबाट मिति २०८०/०४/२९ गते अनुमतिपत्र प्राप्त भएको तथा सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट मिति २०८१/०८/०२ गते योजना व्यवस्थापक तथा डिपोजिटरीको रुपमा कार्य गर्न अनुमतिपत्र प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डबाट मिति २०८२/०८/२३ गते धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले गर्न पाउने सम्पूर्ण कार्यहरु गर्न स्विकृत प्राप्त गरेकोछ । कम्पनीले हाल धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्ध, शेयर रजिष्ट्रेशन, संस्थागत परामर्स सेवा, धितोपत्र प्रत्याभूती,लगानी व्यवस्थापन तथा सामुहिक लगानी कोष अन्तर्गत कोष योजना व्यवस्थापक तथा डिपोजिटरीको को कार्यहरु गर्दै आइरहेकोछ । बिगत ३० बर्ष भन्दा बढी समय नेपालको धितोपत्र बजार ब्यवस्थापन सँग सम्वन्धित बिभिन्न संस्थाहरु तथा बैंकिङ्ग व्यवसायहरुमा प्रत्यक्ष संलग्न हुदै आउनु भएका अनुभवि श्री भिष्म राज चालिसे मिति २०८२ भाद्र २७ गते देखि आगामि ४ बर्षको लागी प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भई कार्यभार सम्हाल्दै आउनुभएको छ । संस्थाले आगामी दिनहरुमा अनुभवी नेतृत्व, दक्ष ब्यवस्थापन, प्रचलित नियम कानुन तथा नियामक निकायहरुको निर्देशन र मार्गदर्शन हरुको अधिनमा रही नवीनतम प्रविधिलाई अवलम्वन गर्दै संस्थालाई थप उचाईमा पु¥याउने योजना रहेको प्रमुख कार्यकारी अधिकृत ले जानकारी गराउनुभयो । साथै कम्पनीले मिति २०८२ मंसिर १२ गते कम्पनीको चौथो बार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार