free website hit counter

रिलायबल नेपाल लाइफको आईपिओ जारी गर्न बाटो खुल्यो

beemaadmin
२०७८ असार ६, आईतवार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएसँगै साधारण शेयर (आईपीओ) जारी गर्ने बाटो खुलेको छ । कम्पनीको आर्थिक वर्ष २०७५।०७६ को साधारणसभा सम्पन्न भएको हो । कम्पनीको तेस्रो बार्षिक साधारणसभा समन्न भएसँगै आईपिओ जारी गर्ने बाटो खुल्ला भएको छ । पूर्ण एक कार्यकालको वित्तीय विवरण साधारणसभाबाट पारित भएसँगै आईपिओ जारी गर्ने बाटो खुलेको छ । सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारणसभाले आव २०७५।०७६ को बार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन सहितका अन्य वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित भएको छ । साधारणसभाले आव २०७६।०७७ का लागि लिङ्देन पि एण्ड एशोसिए्टलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।

सम्बन्धित समाचार