काठमाडौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासभित्र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब २७ करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ जबकि गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब २० करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै, कम्पनीले लगानी कर्जा तथा अन्यबाट २६ करोड ९० लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी ४ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको खुद नाफा पनि २१.८१ प्रतिशतले बढेर २० करोड ३४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैत सम्ममा कम्पनीले १६ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको तयारीमा रहेको कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । यस्तै कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ, जगेडा कोषमा ८२ करोड ३२ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ७ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको हालसम्म ३२ लाख ५ हजार ५३४ वटा बीमालेख जारी गरी २ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिसम्म कम्पनीले ५ हजार ११९ वटा दाबी बापत ४७ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेको छ ।