free website hit counter

रिलायबल नेपाल लाइफको नाफा बढ्यो

beemaadmin
२०८२ मंसिर २, मंगलवार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २९.६५ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १ अर्ब २० करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क २५।३० प्रतिशतले बढेको छ । त्यस्तै, तीन महिनाको अवधिमा कम्पनीले १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क २७.४८ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा कम्पनीको महाविपत्ति कोषमा २५ करोड ५६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २२ करोड ९७ लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ११ करोड ६६ लाख रुपैयाँ र अन्य इक्विटीमा ५ करोड ७६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ८८ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा ४ करोड ४ लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १० अर्ब ८३ करोड ५ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३२।१५ प्रतिशतले बढेको छ । कुल सेयरपुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ईपीएस १९.९० रुपैयाँ कायम भएको छ । कम्पनीको पीई रेसियो २१.९१ गुणा र प्रतिसेयर नेटवर्थ १५४.२९ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार