काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको दोलखा शाखाले कम्पनीका बीमितको परिवारलाई मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले बिगु गाउँपालीका ६ आपम्पुकी छत्रीमाया थामीको मृत्यु दाबी भुक्तानी गरेको हो ।
कम्पनीले सदरमुकाम चरिकोटमा एक कार्यक्रमको आयोजना गरी मृतकका श्रीमान बलमान थामीलाई १० लाख ३७ हजार ५ सय रुपौयाँको चेक हस्तान्तरण गरेको हो । मृतक छत्रीमाया थामीले २०७७ कार्तिक १५ गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड दोलखा शाखामा रिलायबल सुलभ जीवन बीमा गरेकी थिइन् । थामीको गत बैशाख १४ गते मृत्यु भएको थियो । उनले पहिलो किस्ता बापत ५६ हजार रुपैयाँ बीमा कम्पनीलाई बुझाएकी थिइन् ।
कम्पनीले सदस्यको सामान्य मृत्युमा प्रदान गर्ने ऋणको १ सय ४० प्रतिशत हुन आउने १० लाख ३७ हजार ५ सय रुपैयाँ प्रदान गरेको जनाएको छ ।
उक्त रकमको चेक नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष दीपशंकर चौलागाईंको रोहवरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बागमती प्रदेश प्रमुख राजकुमार गिरीले प्रदान गरेका हुन् ।