free website hit counter

रिलायबल नेपाल लाइफद्वारा बोहोरा परिवारलाई १० लाख दाबी भुक्तानी

beemaadmin
२०८१ भाद्र ६, बिहीबार

काठमाडौं । बीमितले ज्यान गुमाएको एक हप्तामै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीको अत्तरिया शाखाले बीमितको ज्यान गएको १ हप्तामै घरमै गएर मृत्यु दाबी भुक्तानी दिएको हो । सवारी दुर्घटनामा आफ्ना बीमितको ज्यान गुमेपछि कम्पनीले बीमितका आश्रित परिवारलाई १० लाख १६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको हो । बीमित दुर्गा बोहराको परिवारलाई कम्पनीको अत्तरिया शाखाले एक कार्यक्रमको आयोजना गर्दै दाबी भुक्तानी रकम घरमै हस्तान्तरण गरेको हो । मृतक दुर्गाका श्रीमान, छोरा अनि आफन्तहरुका बीच संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको हो । कम्पनीको सुदुरपश्चिम प्रदेश प्रमूख चन्द्र विष्ट,शाखा प्रमुख मोहन वहादुर बोहरा र शाखाका एमडीआरटी प्रेम साउदले चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा स्थानीय बुद्धिजीवी समाजसेवी ,स्कूलका अध्यक्ष, वनका अध्यक्ष बीमित अभिकर्ताको भव्य उपस्थिति रहेको थियो । बीमित दुर्गा बोहराको २०८१ असार १० गते इन्डियाको व्यङ्लोर सहरमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो । बीमित दुर्गा बोहरा २०८० मंसिर महिनामा कम्पनीको अत्तरिया शाखाबाट ५ लाख रुपैयाँ बीमाङ्कको सुलभ जीवन बीमा पोलिसी खरिद गरेका थिए । बीमितको परिवारले यस पोलिसीले दिएको सुविधा अनुसार दुर्घटना मृत्यु बापतको सुविधा रकम, बीमाङ्क रकम र बोनस सहित १० लाख १६ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार