free website hit counter

रिलायबल नेपाल लाइफले बोलायो वार्षिक साधारणसभा

beemaadmin
२०८२ पुष ७, सोमबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८१.८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने ६२ करोड ३६ लाख ३९ हजार ३८५.६० रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वष २०८२.८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ। लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार