free website hit counter

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा

beemaadmin
२०८१ भाद्र १५, शनिबार

काठमाडौं । जीवन बीमा बजारमा आफूलाई अब्बल स्थापित गर्न सफल रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । यो इन्स्योरेन्सले २०७४ भदौ १५ गतेदेखि जीवन बीमा सेवा शुरू गरेको हो। वार्षिकोत्सवका अवसरमा इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरेको छ। रक्तदान, सरसफाई र दन्त शिविर लगायतका कार्यक्रम गरेको छ। वार्षिकोत्सवका अवसरमा सञ्चालक समिति अध्यक्ष उदय नेपाली श्रेष्ठले कम्पनीको प्रगतीमा योगदान पुर्‍याउने सबैमा हार्दिक आभार व्यक्त गरेका छन् । उनले आगामी दिनमा बीमित र शेयरधनी दुबैलाई अझै राम्रो प्रतिफल प्रदान गर्न कम्पनी प्रयासरत रहेको बताए । प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले सञ्चालक समितिको मार्गदर्शनमा अभिकर्ता, कर्मचारी, बीमित, नियामक, सञ्चारकर्मी लगायत सबै इच्छुकको सहयोगमा इन्स्योरेन्सलाई सबै सूचकका आधारमा अब्बल इन्स्योरेन्सका रूपमा स्थापित गर्न व्यवस्थापन प्रतिबद्ध रहेको बताए। इन्स्योरेन्सका अनुसार सात वर्षको अवधिमा इन्स्योरेन्सले चुक्ता पूँजी २ अर्ब ५० करोड रूपैयाँबाट ४ अर्ब ६४ करोड रूपैयाँ पुर्‍याएको छ। नियामक नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रूपैयाँ कायम गर्न इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा प्रिमियम मूल्यमा सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन गरेको थियो । १ अर्ब २० करोड रूपैयाँको प्राथमिक शेयर निष्काशन पछि ६४ करोड रूपैयाँको बोनश शेयर समेत वितरण गरि सकेको छ। यो इन्स्योरेन्ससँग शेयर प्रिमियमवापतको १ अर्ब ७५ करोड ३ लाख रूपैयाँ जगेडा रहेको छ। यसबाहेक अवितरित मुनाफावापतको रकम ७४ करोड १२ लाख ५९ हजार रूपैयाँ छ। अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको नाफा ४२ करोड ६३ लाख ५८ हजार रूपैयाँ छ। हालसम्म कुल २८ लाख ३४ हजार ३६९ बीमालेख जारी गरेको यो कम्पनीले गत आवमा कुल १ अर्ब ४७ करोड ५३ लाख १३ हजार रूपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। यसले २ अर्ब ७३ करोड ३६ लाख रूपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ। गत आवको असार मसान्तसम्ममा इन्योरेन्सको लगानी १६ अर्ब ३९ करोड ७३ लाख ३० हजार रूपैयाँ रहेको छ। महाविपत्ती कोषमा १६ करोड ३२ लाख ४५ हजार रूपैयाँ छ। इन्स्योरेन्सले गत आवमा १ अर्ब १६ करोड २२ लाख ५७ हजार रूपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार