free website hit counter

रिलायबल लाइफको चौथो वार्षिक साधारणसभा आह्वान

beemaadmin
२०७९ जेष्ठ २१, शनिबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा यहि २५ गते बुधबार बस्दैछ । कम्पनीको वैशाख २५ गते बसेको संचालक समितिको बैठकले सभा जेठ २५ गते बुधबार, लिसरा ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त सभाले बीमा समितिले आगामी चैतसम्म सबै बीमा कम्पनीहरुको चुक्तापुँजी बृद्धि गर्न निर्देशन दिएबमोजिम पुँजी बृद्धि गर्ने सम्बन्धमा र हकप्रद शेयर जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । साथै सोही सभाले आव २०७६÷०७७ मा संस्थागत साामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड–१९ प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम ७ लाख ५० हजार रुपैयाँ अनुमोदन गर्नेछ । यसबाहेक चौथो वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७७ असार मसान्तको वासलात तथा आव २०७६÷०७७ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितका अनुसूचीहरु अनुसारको वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

सम्बन्धित समाचार