काठमाडौं । बीमा अप्ठ्यारोको सहारा हो । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भक्तपुर शाखाले बीमित विनोद फुयालको घरमै गएर घातक रोगको दाबी भुक्तानी गरेको छ । चुडाल २ भक्तपुर निवासी ४५ वर्षिय विनोद फुयालले २०७६ साल फागुन महिनामा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भक्तपुर शाखामा २ लाख रुपैयाँको बीमांक रकम रहेको रिलायवल सुलभ जिवन बीमा गरेका थिए ।
उनको आन्द्रामा घातक रोग लागेपछि कम्पनीले बीमितको घरमै गएर २ लाख रूपैयाँको दावी फछ्र्यौट हस्तान्तरण गरेको हो। कम्पनीले सर्ब प्रकारको क्यान्सर लगायत १५ वटा घातक रोगको सुविधा विमांक रकम वरावर भुक्तानी गर्दछ ।
एक कार्यक्रमको आयोजना गरी फुयालको घरदैलौमा पुगि वाग्मती प्रदेशका रिजनल म्यानेजर राजकुमार गिरी शाखाका शाखा प्रबन्धक सुनिता थिङले २ लाख दावी रकम हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा प्रदेशका रिजनल म्यानेजर गिरीले जिवन बिमा भनेको वचत र सुरक्षा भयकोले, घातक रोग लागेमा आफैंलाई, जोखिम भए परिवारलाई हुने हुदा सवैलाई जिवन बीमा गर्न आग्रह गरेको थियो ।