free website hit counter

रिलायवल नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८० चैत्र १६, शुक्रबार

काठमाडौं । आफ्नो कम्पनीका बीमितको असामयिक निधनपछि रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले आश्रित परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले कृष्णपुर ०७ निवासी स्व सुनिल भण्डारीका बुवा रबि सिङभण्डारीको परिवारलाई २ लाख ६२ हजार २४० रुपैयाँ मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।बीमा रकम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख चन्द्र बहादुर बिष्ट र धनगढी शाखा प्रमुख बिक्रम सिङ बोगटी लगायत मार्केटिङ बिभाग प्रमुख जय प्रकाश अवस्थी लगायत सिनियर एजेन्सी म्यानेजरशुरेस बिष्ट र अन्य एजेन्सी म्यानेजरको उपस्थितिमा उक्त दाबी रकम हस्तान्तरण गरेको हो ।

सम्बन्धित समाचार