free website hit counter

रुकुम घट्नामा २३ जना थुनिए

beemaadmin
२०७७ असार ११, बिहीबार

काठमाडौं । एक्काइसौं शताब्दीमा मानवभित्र दुई जातको मात्रै बहस हुनु पर्ने बेला कथित तल्लो जात र माथिल्लो जातको विवादले वर्षैपिच्छे थुप्रे मानिसले ज्यान गुमाउनु परेको छ । रुकुमको चौरजहारीमा अन्तरजातीय विवाह प्रकरणका क्रममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या काण्डका आरोपी२३ जनालाई पूपक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत रुकुमको आदेशले एक जनालाई १ लाख धरौटी र बाँकी २३ जनालाई थुनामा पठाइएको हो । रुकुम जिल्ला अदालतका न्यायधीश विद्याराज पौडेलको एकल इजलाशाले तीन जनालाई साधारण तारेख र एक जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई भने साधारण तारेखमा छाड्न आदेश दिइएको हो । वराज विककी प्रेमीका भनिएकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न र बाँकी तीन जनालाई धरौटीमा रिहा गर्न आदेश भएको जिल्ला प्रहरी कार्यालय पश्चिमका प्रमुख डिएसपी ठकबहादुर केसीले जानकारी दिए । उनका अनुसार नवराजकी प्रमिका भनिएकीसहित दुई जनालाई बाल सुधार गृहमा राखिएको छ । सो घट्नामा संलग्न तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा भने अझै फरार छन् । अदालतले वडाध्यक्ष डम्बरबहादुर मल्ललाई पनि पूर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले ३२ जेठमा वडाध्यक्ष मल्ल, युवती, उनका आमा, बुबा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुलाई ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते भएको कसूरमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत सम्बन्धी कसूर अनुसार आजीवन कैद गर्न माग गरिएको थियो । जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला दुवै पक्षवीच झडप भएको थियो । नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो उनीहरुको शव भेरी नदीमा फेला परेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार