free website hit counter

रुपज्योतिको पक्राउप्रति महासंघ रुष्ट

beemaadmin
२०७६ कार्तिक २५, सोमबार

काठमाडौं। व्यवसायी तथा पूर्व राज्यमन्त्री रुपज्योति पक्राउले नेपालमा लगानीको वातावरणमा प्रतिकुल असर पर्ने नेपाल उद्योग महासंघले चेनावनी दिएको छ । महासंघले यो घट्नाले लगानीको वातावरणमा प्रतिकुल प्रभाव पारेको समेत बताएको छ । महासंघको आइतबार बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । स्थायी समिति बैठकपछि महासंघको प्रतिनिधीमण्डल ज्योतिलाई भेट्न महानगरिय प्रहरी वृत्त दरबारमार्ग पुगेको थियो। महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल, किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठ पुगेका थिए।
महासंघले उद्योगी तथा व्यवसायीहरू माथि हुने यस्तो घटनाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा प्रतिकुल प्रभाव पर्न सक्ने जनाउँदै व्यवसायीलाई राज्यका सवै निकायबाट कानुनी शासनको अवधारणा अनुसार सम्मानजनक व्यवहारको माग गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार