free website hit counter

रुस्लानले गर्यो देश बाहिर बजार विस्तार

beemaadmin
२०७६ माघ १८, शनिबार

काठमाडौं । आफूलाई मन परेको नेपाली ब्राण्ड विदेशमा पनि पाइने भएपछि दारुका पारखीहरुलाई खुशीको खबर छ । नेपालको अति लोकप्रिय रुस्लान भोड्काले आफ्नो बजारलाई देश बाहिर पनि विस्तार गरेको छ । अब रुस्लानका आकर्षक प्याक अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि पाइने भएको छ ।

नेपाली बजारमा पारखीको पहिलो रोजाईको ब्राण्ड बन्न सफल रुस्लानले विदेशी वजारमा पनि आफ्नो अमित छाप छोड्न सफल हुनेमा विश्वस्त रहेको जावलाखेल गु्रप अफ इण्डष्ट्रिज्का ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले बताए ।

रुस्लान विगत चार दशक देखि पारखीको स्वाद र सन्तुष्टीलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको पहिलो भोड्का हो । चीन, थाइल्याण्ड लगायतका देशहरुमा पनि ब्राण्डको निकासीका लागि पहल भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार