free website hit counter

रेकर्ड कायम गर्दै आकाशियो डलरको मूल्य

beemaadmin
२०८१ श्रावण २३, बुधबार

काठमाडौं । पछिल्लो समय डलरको भाउ आकाशिँदै गएको छ। गत शनिबार बनेको रेकर्डलाई तोड्दै डलरको मूल्यले हिजो अर्थात मंगलबार नयाँ रेकर्ड बनाएको थियो। सो रेकर्डलाई पनि तोड्दै साउन २३ गते पुनः डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ३ पैसा रहेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो। यस अघि हिजो मंगलबार अर्थात साउन २२ गते, डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। सो दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा र खरिददर १३३ रुपैयाँ ८६ पैसा कायम भएको थियो। यस दिन युरोपियन युरो एकको खरिदमा १४६ रुपैयाँ १९ पैसा र बिक्रीमा १४६ रुपैयाँ ८५ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८७ रुपैयाँ २६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९७ रुपैयाँ २९ पैसा पाइन्छ। यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन २९ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३० रुपैयाँ ९ पैसा पाइन्छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार