free website hit counter

लकडाउनका बेला बढे करणीका अपराध

beemaadmin
२०७७ जेष्ठ ३, शनिबार

भक्तपुर । कोरोनाले विश्वनै आतंकित बनाइरहेको बेला पनि अपराधका घटना भने घटिरहेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका ८ लिवाली डेरा गरी बस्ने सोही नगरपालिका ७ गोलमढी घर भएका ५९ वर्षीय रत्नप्रसाद शाहीलाई प्रहरीले पक्राउ गरेको छ । शाहीले ती बालिकालाई आफ्नो कोठामा बोलाई ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, दार्चुला, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुहु गाउँपालिका ४ बस्ने २९ वर्षीया गणेश सिंह लोत्थ्याललाई पक्राउ गरेको छ । लोत्थ्यालले ती किशोरीलाई व्यास नगरपालिका ४ स्थित एक विद्यालयको कम्पाउण्डमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुनसेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उता, सिरहाकी १० बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लहान नगरपालिका ५ शान्तिटोल बस्ने ४२ वर्षीय कैलाश गोसाईलाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले गोसाईलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार