free website hit counter

लकडाउनमा बढ्यो जबरजस्ती करणीका घटना

beemaadmin
२०७७ बैशाख २५, बिहीबार

काठमाडौं । लकडाउनका कारण बाहिरी अपराध कम देखिए पनि महिला हिंसा र जबजस्ती करणीका अपराधका घटना भने घटिरहेका छन् । यसैगरी महिला हिंसाका अन्य घटनाहरु पनि प्रहरीसम्म आइपुग्ने गरेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहट जिल्ला फतुवा बिजयपुर नगरपालिका ८ बिजयपुर बजार बस्ने ५० वर्षीय टेक बहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई विभिन्न प्रलोभन देखाई पटक पटक गरी ४ पटक जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता, झापाकी ७ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा हल्दीवारी गाउँपालिका ५ कन्चनश्री बस्ने ५२ वर्षीय रनबहादुर नेम्बाङलाई प्रहरीले पक्राउ गरेको छ । ती बालिका नेम्बाङको घरमा खेल्न गएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने जानकारी पाउना साथ प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पाल्पा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बगनासकाली २ गोफेक बस्ने ३० वर्षीय भविन कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बालिका आफ्नै घर जान भनी हिँडिरहेको अवस्थामा पैसा दिन्छु भन्दै ललाई फकाई गरी स्थानीय जंगलमा जबरजस्ती करणी गर्ने प्रयास गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटिएको प्रहरीले कुमाललाई पक्राउ गरेको हो ।
यसैगरी, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी जिल्लाको राजगढ गाउँपालिका– ४ छातापुर टोल बस्ने बेलही चपेना गाउँपालिका ७ घर भएका २५ वर्षीय शम्भु कुमार रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई रामले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सुरक्षा बेस क्याम्प पत्थरगढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ११ सिमरवना चोक बस्ने १९ वर्षीय त्रिलोचन चौधरी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिकास्थित एकान्त बगैँचा घारीमा गत आइतबार राति ती किशोरीलाई ९ जनाले सामुहिकरूपमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न चौधरी समेत २ जनालाई पक्राउ गरेको हो । घटनामा संलग्न फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार