free website hit counter

लकडाउन उल्लंघन गर्ने ७ सय ४० दुई घण्टा सडकमा ठाडै

beemaadmin
२०७६ चैत्र १७, सोमबार

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले कडा कदम चालिरहेको छ । तर आम नागरिक भने त्यसलाई सामान्य मान्दै सडकमा भौतारिइरहेका छन् । सरकारले लकडाउन उल्लंघन गर्नेलाई थुन्नेसम्मको कानुन बनाइसक्दा पनि उल्लंघन रोकिन सकेको छैन । कोरोना रोकथामका लागि सरकारले लगाएको लकडाउनको सातौं दिन ७ सय ४० जनालाई प्रहरीले उभ्याएको छ । सोमबार बिहान बिना कारण सडकमा निस्किएपछि उपत्यकाको विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिएर उभ्याइएको हो । आइतबारबाट लकडाउन उल्लंघन गर्नेलाई दुई घन्टा सडकमा उभ्याएर प्रहरीले कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिँदै आएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार सोमबार काठमाडौंबाट ५ सय ६० पुरुष र ९४ महिला गरी ६ सय ५४ जना, ललितपुरबाट ५९ पुरुष र ९ महिला गरी ६८ जना र भक्तपुरबाट १८ जनालाई उभ्याइएको छ ।
यो अवधिमा उपत्यकाका विभिन्न क्षेत्रबाट ७९ वटा दुई पांग्रे सवारी र ५ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार