free website hit counter

लकडाउन उल्लंघन गर्ने ७ सय ४० दुई घण्टा सडकमा ठाडै

beemaadmin
२०७६ चैत्र १७, सोमबार

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले कडा कदम चालिरहेको छ । तर आम नागरिक भने त्यसलाई सामान्य मान्दै सडकमा भौतारिइरहेका छन् । सरकारले लकडाउन उल्लंघन गर्नेलाई थुन्नेसम्मको कानुन बनाइसक्दा पनि उल्लंघन रोकिन सकेको छैन । कोरोना रोकथामका लागि सरकारले लगाएको लकडाउनको सातौं दिन ७ सय ४० जनालाई प्रहरीले उभ्याएको छ । सोमबार बिहान बिना कारण सडकमा निस्किएपछि उपत्यकाको विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिएर उभ्याइएको हो । आइतबारबाट लकडाउन उल्लंघन गर्नेलाई दुई घन्टा सडकमा उभ्याएर प्रहरीले कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिँदै आएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार सोमबार काठमाडौंबाट ५ सय ६० पुरुष र ९४ महिला गरी ६ सय ५४ जना, ललितपुरबाट ५९ पुरुष र ९ महिला गरी ६८ जना र भक्तपुरबाट १८ जनालाई उभ्याइएको छ ।
यो अवधिमा उपत्यकाका विभिन्न क्षेत्रबाट ७९ वटा दुई पांग्रे सवारी र ५ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित समाचार