free website hit counter

लकडाउन एक साता लम्ब्याउने तयारी

beemaadmin
२०७६ चैत्र १६, आईतवार

काठमाडौं । शुरुमा एक हप्ताका लागि लकडाउन घोषणा गरेको सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अर्के एक साता लम्ब्याउने तयारी गरेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । यो लकडाउन चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ । तर, त्यसअघि नै लकडाउनको अवधि थप्ने तयारी भइरहेको छ । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ ।
यस्तै, सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । अहिले सबै परिस्थितिको आँकलन भइनसकेकाले समग्र आर्थिक राहत प्याकेज घोषणाभन्दा दैनिक गुजारा चलाउन समस्या हुनेहरुको हकमा केही व्यवस्था गर्न लागिएको बताइएको छ ।

सम्बन्धित समाचार