free website hit counter

लकडाउन खुलेपछि उपत्यका भयाबह, थपिए ९८६ संक्रमित

beemaadmin
२०७७ श्रावण २९, बिहीबार

काठमाडौं । लकडाउनभरि सृुरक्षित रहेको काठमाडौं उपत्यका लकडाउन खुलेसँगै संक्रमित भएको छ । काठमाडौं उपत्यकामा लकडाउन खुलेपछिको पछिल्ला २० दिनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार लकडाउन खुल्नुभन्दा अघि साउन ७ गतेसम्म काठमाडौंका तीनवटै जिल्लामा संक्रमितको संख्या ३२८ थियो। तर लकडाउन खुलेपछिका २० दिनको अवधिमा ९८६ जना संक्रमित थपिएका छन्। लकडाउनपछि थपिएका संक्रमित लकडाउन भन्दा अघिको तीन गुणा बढी हो। पछिल्लो समय उपत्याकामा कोरोना प्रहरी हेडक्वाटर, अख्तियारदेखि सर्वोच्च हुँदै नेताको सुरक्षा गार्डसम्म संक्रमित भइसकेका छन् ।
उपत्यकामा थुप्रै प्रहरी पनि संक्रमित पाइएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २७ जना एकैपटक संक्रमित पुष्टि भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुँदै सभामुख र नेकपाका नेताहरुको सुरक्षा गार्डलाई समेत कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ।
महाशाखाको तथ्यांकअनुसार भक्तपुरमा चाँगुनारायण नगरपालिकाका केही ठाउँमा संक्रमण भेटिएको छ। सूर्यविनायक नगरपालिका र भक्तपुर क्यान्सर अस्पतालमा पनि संक्रमित भेटिएका छन्। भक्तपुरको ब्याँसी, चाँगुनारायण, कमल विनायक, गठ्ठाघर, कौशलटार, बालकोट, बोडे, भोलाछे, बागेश्वरी, सूर्यमढी र नयाँठिमी लगायतका ठाउँमा संक्रमण भेटिएको छ।

त्यस्तै ललितपुरको ठैब, लुभु, बुङमती, महालक्ष्मीस्थान, हरिसिद्धि, गोदावरी, सुनाकोठी, धापाखेल, सानेपा र खुसिबुमा पछिल्लो एक सातामा संक्रमण देखिएको छ। त्यस्तै भैंसेपाटी, टीकाथली, नखिपोट, थसिखेल, हात्तीवन र चापागाउँमा संक्रमित भेटिएका छन्।
काठमाडौंमा चन्द्रागिरि, कपन, शंखमुल, कीर्तिपुर, नयाँ बानेश्वर, मैतिदेवी र पुरानो बानेश्वरमा पछिल्लो पटक संक्रमित भेटिएका छन्। त्यस्तै साँखु, बौद्ध, बागबजार, बालुवाटार, महाराजगञ्ज, कागेश्वरी, टोखा, कपुरधारा, कलंकी, तारकेश्वर, सीतापाइला, धापासी, गोकर्णेश्वर लगायतका ठाउँमा पनि संक्रमित भेटिएका छन्।

सम्बन्धित समाचार