free website hit counter

लकडाउन तोड्नेमाथि फिलिपिन्समा गोली प्रहार

beemaadmin
२०७६ चैत्र २४, सोमबार

एजेन्सी । लकडाउनलाई कडै रुपमा लागू गरेको फिलिपिन्समा लकडाउन तोड्नेमाथि गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिण अगुसान प्रान्तको नासिपित शहरमा बिहीबार एक ६३ बर्षीय पुरुषमाथि प्रहरीले गोली चलाएको हो ।
लकडाउन नतोड्न आग्रह गर्दा गर्दै प्रहरीमाथी नै धारिलो हतियार देखाएर आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको बताइएको छ । यसअघि बुधबार त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्टले लकडाउनको अवज्ञा गर्नेमाथि गोली चलाउने चेतावनी दिएका थिए ।

सम्बन्धित समाचार