free website hit counter

लकडाउन त हट्यो तर के गर्न के गर्न पाइन्छ, के पाइँदैन ?

beemaadmin
२०७७ श्रावण ७, बुधबार

काठमाडौं। १ सय २० दिन लामो पट्यार लाग्दो लकडाउन आजदेखि सरकारले हटाएको छ । तर लकडाउन हटेको भन्दैमा सबै क्षेत्र पूर्ववत अवस्थामा फर्किएको चाहिँ छैन ।

गएको चैत ११ गतेदेखि लागु भएको देश व्यापी लकडाउन साउन मंगलबार राति १२ बजेबाट हटेको हो । लकडाउन हटे पनि केही प्रतिबन्धहरु भने कायम रहेका छन्।

Advertisement
Advertisement

सरकारले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन शुरु गरेको थियो। अझै पनि कोरोना महामारी पूर्ण नियन्त्रणमा आइसकेको छैन। तर, पछिल्ला दिनहरुमा संक्रमितको संख्या भने घट्दै गएको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै लकडाउन हटे पनि केही प्रतिबन्धहरु भने जारी रहेको बताए।

Advertisement
Advertisement

उनका अनुसार शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खानामाथिको प्रतिबन्ध कायम छ। अर्को निर्णय नभएसम्म प्रतिबन्ध हट्ने छैनन्।

सरकारले छोटो दुरीको यातायातमाथिको प्रतिबन्ध पूर्ण रुपमा हटाए पनि लामोदरीको सार्वजनिक यातायात भने भदौ १ गतेबाट शुरु हुने बताएको छ। यस्तै काठमाडौं उपत्यकामा लागु गरिएको सवारी साधानमाथिको जोरविजोर प्रणाली पनि हटाइएको छ।

आगामी साउन १५ बाट होटल तथा रेस्टूरेण्ट सुचारु गर्न पाइने छ। यस्तै अन्तर्राष्ट्रिय सीमा भने भदौ १ गतेसम्म बन्द नै रहने छ। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा पनि भदौ १ गतेबाट सुचारु गर्ने निर्णय गरेको छ।

कोरोनाको जोखिम रहेको स्थानीय तह तथा जिल्लामा भने स्थानीयस्तरमै लकडाउन गर्न सकिने सरकारले जनाएको छ।

सम्बन्धित समाचार