free website hit counter

लक्ष्मीलाई यसरी पार्नुहोस् खुशी (पूजाविधिसहित)

beemaadmin
२०७६ कार्तिक १०, आईतवार

हिन्दु धर्ममा लक्ष्मीलाई धनकी देवी भनिन्छ । आज सबैले ध नधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्दैछन् । सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। लक्ष्मीको पुजा गरे धनी भइने जनविश्वास रहेको छ । यहाँ लक्ष्मीलाई खुसी पार्ने ७ तरिकाहरु प्रस्तुत गरिएको छ ।

१. घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ । खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् र कुवेरको मुर्ति राखिएको स्थान सफा हुनुपर्छ ।

२. श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी सबैभन्दा खुसी हुने धर्म शास्त्रमा उल्लेख छ । श्रीफलको अर्थ पनि लक्ष्मी नै हो । यो नरिवल सामान्य नरिवल भन्दा सानो हुन्छ ।

३. पारोले बनाइएका जुनसुकै चित्र वा तस्विर पनि लक्ष्मीका लागि विशेष मानिन्छन् । घरमा पारोले बनेको लक्ष्मीको मुर्ति राख्नु निक्कै फलदायी मानिन्छ ।

४. लक्ष्मी समुन्द्रबाट उत्पत्ती भएको मानिन्छ । मुंगा पनि समुन्द्रकै उत्पादन भएका कारण मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्ती हुने विश्वास गरिन्छ ।

५. चाँदीले बनेका लक्ष्मी र गणेशको मुर्ति सँगै राख्दा निक्कै फलदायी मानिन्छ । तर यस्ता मुर्तिको पुजा भने दैनिक रुपमा गरिनुपर्छ ।

६. श्री यन्त्रको प्रयोग पनि लक्ष्मी खुसी पार्ने अचुक उपाय हो । यसको पुजा गर्दा लक्ष्मी खुसी हुने जनविश्वास छ ।

 

लक्ष्मी पूजाको विधि

कार्तिक शुक्ल औँसीको साँझमा धनकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ। विधिपूर्वक लक्ष्मीको पूजा गर्नाले श्रीसम्पत्ति र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ। लक्ष्मीको पूजा गर्ने विभिन्न विधि छन्। तीमध्ये सामान्य विधि यहाँ प्रस्तुत छ
– शुद्ध वस्त्र लगाएर पूर्वतर्फ फर्किएर शुद्ध आसनमा बस्नुहोस्।
–अगाडि देब्रेतिर कलश, माझमा गणेश र दायाँतर्फ दियो स्थापना गर्नुहोस्।
–तीनवटाको अगाडि आफूपट्टी बीचमा पर्ने गरी अर्को कलश थाप्नुहोस्।
– चन्दन, जौ, तिल, अक्षता, फूल, धुप, दीप, फल र पक्वान्न नैवेद्य आदि तयार पार्नुहोस्।
–अगाडि दायाँपट्टि दुबो, फल र दही राखी अर्घ्य थाप्नुहोस्। शुद्ध जल, पञ्चामृत आदि पनि अगाडि राख्नुहोस्।
– सबै सामग्री तयार पारेर कर्मपात्र पूजा गर्नुहोस्। कर्मपात्रबाट कुशको औँठी लगाएर संकल्प गर्नुहोस्। अर्घ्य पूजा गर्नुहोस्।
– मुख्य दीप प्रज्ज्वलन गर्नुहोस्। पूजा गरी अन्य दीप वा बत्तीहरू बाल्नुहोस्।
– आसन (कुश वा फूलको), जल अर्घ्य, पञ्चामृत चन्दन, अक्षता फूल आदि चढाएर क्रमशः कलश र बिघ्नहर्ता गणेशको पूजा गर्नुहोस्।
– माझमा थापिएको कलश पूजा गरी थाली थाप्नुहोस्। चन्दनले अष्टदल लेखी बिचमा सुनको प्रतिमा थाप्नुहोस् वा लक्ष्मीको तस्विर राखेर देवीको आवाहन गर्नुहोस्।
–आसन, अर्घ्य, चन्दन सौभाग्य आदि चढाएर देवी लक्ष्मीको पूजा गर्नुहोस्। धूप दीप नैवेद्य चढाउनुहोस्। फल, पान भेटी चढाएर लक्ष्मीको पूजा गर्नुहोस्। (षोडषोपचार विधिले लक्ष्मीको पूजा गर्ने विधान छ।)
–नजिकै लक्ष्मीका भाइ कुवेरको पूजा पनि षोडषोपचार विधिले गर्नुहोस्। नीराजन गरी, कपुरबत्ती बाली लक्ष्मीको आरती गर्नुहोस्।

यो मन्त्र पढेर पुष्पाञ्जली गर्नुहोस्

विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे
महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।।

– बिमिरो र ओखर, कटुस र रुपैयाँ पैसा गहना आदिको पनि पूजा गर्नुहोस्।
– रुपैयाँ, पैसा र गरगहना राख्ने ढुकुटी ९सेफ०को पनि पूजा गर्नुहोस्।

सम्बन्धित समाचार