काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले कुल १० लाख २४ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । हाललाई यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहले मात्रै किन्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तिसार काठमार्डौमा लिखित जानकारी गराउनुपर्नेछ । तोकिएको सयमभित्र खरिद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।