free website hit counter

लगातार उकालो यात्रामा सुन

beemaadmin
२०८० आश्विन २३, मंगलवार

काठमाडौँ । अघिल्लो दिन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार थप ३ सय रुपैयाँले बढ्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढ्दै १ लाख ८ हजार ९ सय रुपैयाँ पुगेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

 

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार