काठमाडौं । ऐतिहासिक मूल्य कायम गरेर ओलारो लागेको सुन पछिल्लो केहि दिन लगातार घटेको छ । फागुन १६ गते सुन सोमबारकै कारोबार मूल्य तोकिएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँ कायम रहेको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार भने सुनको भाउमा गिरावट भएको थियो । हिजो सुन तोलामा २०० रुपैयाँले सस्तिएको थियो । यसैगरी, चाँदीको मूल्य पनि मंगलबार स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको थियो ।