free website hit counter

लगातार घटेको सुन ११ दिनपछि बढ्यो

beemaadmin
२०७९ भाद्र ८, बुधबार

काठमाडौं । साउन २९ गते यता लगातार घटिरहेको सुनचाँदीको भाउ भदौ ८ गते भने वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको छ । अर्कोतर्फ,चाँदी पनि तोलामा पाँच रूपैयाँले महंगिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला पुगेको छ । मंगलबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ९५ हजार रुपैयाँमा झरेको थियो । सुनको भाउ गत साताको आइतबारदेखि सस्तिइरहेको थियो । तर बुधबार त्यो क्रमभंग भएको छ । ११ दिनमा सुन २ हजार ५०० रुपैयाँले घटिसकेको छ । बुधबार चाँदीको मूल्य पनि महंगिएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य पाँच रुपैयाँले ओरोलो लाग्दा प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पछिल्लो ११ दिनमा ८५ रुपैयाँले गिरावट भएको छ । साउन महिनाको २९ गते, आइतबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा खरिदबिक्री भएपनि त्यसयताका दिनमा चाँदी निरन्तर रुपमा घटिरहेको थियो ।

सम्बन्धित समाचार