सुनको भाउ निरन्तर दोश्रो दिन पनि सस्तिएको छ । फागुन १२ गते, शुक्रबार सुन तोलामा ३०० रुपैयाँले गिरावट भएको छ । चाँदीको भाउ पनि यस दिन तोलामा १० रुपैयाँले घटेको छ । नेपाल सु्नचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २ हजार ४०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुनको भाउ ओरालो लागेको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले घट्दा प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य पनि गिरावट भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले सस्तिदा प्रतितोला एक हजार २७५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले घट्दा एक हजार २८५ रुपैयाँ तोकिएको थियो ।